फर्मिन कूप डायलग अर्थको ल्याटिन अमेरिका प्रबन्ध सम्पादक हुन्। अर्जेन्टिनाको ब्यूनस आयर्समा बस्ने फर्मिनले सन् २०१४ मा सम्पादकीय भूमिकामा आउनु अघि स्वतन्त्र पत्रकारको रूपमा यस सँस्थामा काम गर्न सुरु गरेका थिए । उनी अर्थ जर्नालिज्म नेटवर्क (ईजेएन)का लागि प्रशिक्षक र सल्लाहकार र अर्जेन्टिना युनिभर्सिटी अफ इन्टरप्राइज (यूएडीई) मा शिक्षक पनि हुन्। उनले रेडिङ विश्वविद्यालयबाट वातावरण र विकासमा स्नातकोत्तर, ल्याटिन अमेरिकन फ्याकल्टी अफ सोसियल साइन्सेज (एफएलएसीएसओ) बाट कानून र जलवायु परिवर्तनको अर्थव्यवस्थामा स्नातकोत्तर र साल्भाडोर विश्वविद्यालय (यूएसएएल) बाट पत्रकारितामा स्नातक गरेका छन्। उनले ब्यूनस आयर्स हेराल्ड, नेचर र साइडेभ जस्ता समाचार संस्थाहरूमा काम गरेका छन् । संयुक्त राष्ट्र संघ र अक्सफोर्ड विश्वविद्यालयका लागि परामर्शदाताको रूपमा पनि काम गरेका उनी स्पेनी र अङ्ग्रेजी भाषा बोल्छन्। डायलग अर्थमा उनी लेखहरू लेख्ने, सम्पादकीय योजनामा सहभागी हुने र विशेष परियोजनाहरूमा सहभागी हुने, लेखरचना लेखाउने र सम्पादन गर्ने कार्यमा आबद्ध छन् ।