फ्लाभिया मिल्होरान्स डायलग अर्थका लागि ब्राजिल सम्पादक हुन् । उनी डायलग अर्थमा सन् २०२१ मा आबद्ध भएकी हुन् । उनी ब्राजिलको रियो दी जेनेरियोमा बस्छिन् । उनी न्यूयोर्क टाइम्स, द गार्जियन, टाइम, नेशनल जियोग्राफिक, र बीबीसी ब्राजिल सहित घरेलु तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा ब्राजिलका विभिन्न विषयमा समाचार र लेखहरू लेख्छिन् । फ्लाभियाले डेनमार्कको आरहुस विश्वविद्यालय र बेलायतको सिटी विश्वविद्यालय लण्डनबाट वित्तीय पत्रकारितामा स्नातकोत्तर गर्नुका साथै ब्राजिलका शीर्ष विश्वविद्यालयहरूबाट फोटोग्राफी र समाजशास्त्रमा स्नातकोत्तर डिप्लोमा गरेकी छन्। वातावरणीय पत्रकारितामा उनको यात्रा सन् २०१२ मा रियो दि जेनेरियोमा भएको दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनबाट सुरु भएको थियो । उनको वर्तमान चासो राजनीति, अर्थशास्त्र र वातावरणको सम्बन्धका विषयहरूमा छ । विशेष गरी कम रिपोर्ट गरिएको ल्याटिन अमेरिकी समुदायहरूसँग सम्बन्धित छ। उनी पोर्चुगिज, अङ्ग्रेजी र स्पेनी भाषा बोल्छिन्।