विचारः सार्कको भूमिका कमजोर हुँदै जाँदा दक्षिण एसियाको जल कुटनीतिमा चीनको प्रभाव बढ्दै दक्षिण एसियाका विभिन्न मुलुक हुँदै बग्ने सिन्धु र ब्रम्हपुत्र जस्ता नदीहरूको उत्पत्ती तिब्बती पठारमा भएको र क्षेत्रीय नेतृत्वमा रिक्तता देखिएको अवस्थामा दक्षिण एसियामा चीनको भूमिका बढ्दै जाने देखिन्छ । नेपाली नेपाली हिन्दी English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। सन् २०१४मा नेपालको काठमाडौँमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८औँ शिखर सम्मेलनमा भेला हुँदै दक्षिण एसियाली नेताहरू । तस्वीरः ओस्वाइस अस्लाम अली/अलामी ओमर अहमद मे 9, 2023May 15, 2023 दक्षिण एसियाली सहयोग संगठन सार्कको १८औँ शिखर सम्मेलन काठमाडौँमा सन् २०१४को नोभेम्बर महिनामा भएको थियो । त्यसपछि अर्को सम्मेलन भएको छैन । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछिको त्याे अन्तिम शिखर सम्मेलन हो । सार्क शिखर सम्मेलन प्रत्येक दुई दुई वर्षमा हुने परम्परा रहिआए तापनि १९औँ शिखर सम्मेलन हुने कुनै संकेत देखिएको छैन । सार्कको आगामी शिखर सम्मेलनको अध्यक्षता पाकिस्तानले गर्नुपर्ने थियो । सन् १९८५ देखि २०१४ सम्मका सार्क शिखर सम्मेलनहरूमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स्, नेपाल, पाकिस्तान र श्रीलङ्काका राष्ट्र प्रमुखहरू भेला भएर स्वास्थ्य, शिक्षा र वातावरण लगायत क्षेत्रीय सहयोगका विषयमा छलफल गर्थे । तर भारत-पाकिस्तान सम्बन्धको वर्तमान परिदृश्यमा उल्लेख्य सुधार नआई अर्को शिखर सम्मेलन हुने स्थिति छैन । भारतका राजनीतिक विश्लेषकहरूले यो मुद्दालाई खासै वास्ता नगरे तापनि सार्क सचिवालय रहेको देश नेपाल लगायत दक्षिण एसियाका अन्य मुलुकहरूले यसलाई क्षेत्रीय सहयोगमा भएको ठुलो नोक्सानीको रूपमा लिएका छन् । खुला व्यापार सम्झौता, खाद्य बैंकको स्थापना र मेलमिलाप परिषदको स्थापना जस्ता महत्वपूर्ण उपलब्धी हासिल गरेको संगठन पछिल्लो समयमा निस्क्रिय भएपछि यसका उपलब्धीहरू ओझेलमा परेका छन् । Recommended तर प्रकृतिलाई शून्यता मन पर्दैन । त्यसैले भारतले सार्कको विकल्पको रूपमा बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का र थाइल्याण्डलाई मिलाएर बंगालको खाडी प्राविधिक तथा आर्थिक सहयोग बिम्स्टेक नामक पहल सुरु गरेको छ । तर यसमा पाकिस्तान र अफगानिस्तानलाई समावेश नगरिएकाले धेरै देशले यसलाई प्रतिगमन भनेका छन् । र यो रिक्त स्थानमा चीन र चीनमा मुख्यालय रहेको शांघाई सहयोग सँस्था (एससीओ) अघि आउन थालेका छन् । चीन र दक्षिण एसियाका संगठनहरू दक्षिण एसियाका संगठनहरूमा चीनलाई समावेश गर्ने विषय नयाँ होइन । सन् २००५मा बङ्गलादेशको ढाकामा भएको १३औँ सार्क शिखर सम्मेलनमा भारतले अफगानिस्तानलाई पूर्ण सदस्य बनाउने प्रस्ताव ल्याएसँगै नेपालले पनि चीनलाई पर्यवेक्षकको रूपमा ल्याउने प्रस्ताव राखेको थियो । दुवै प्रस्ताव स्वीकृत भएपछि नयाँ परिवेश विकसित भएको थियो । यसको प्रतिक्रिया स्वरूप चीनले प्रत्यक्ष सक्रियता नदेखाए पनि दक्षिण एसियाको संरचनामा भाग लिन रुची देखाउन थाल्यो । भारतले भने यसलाई चाइना कार्डको रूपमा व्याख्या गर्यो र छिमेकी मुलुकहरूसँग कुरा गर्दा यस विषयमा विशेष ध्यान दिन थाल्यो । दक्षिण एसियामा नयाँ सरोकारवालाको रूपमा चीन उदाउनु अघि भारत नै यस क्षेत्रको सबैभन्दा ठुलो देश थियो । पाकिस्तानको अफगानिस्तानसँग र म्यान्मारको बङ्गलादेशसँग बाहेक अरु कुनै पनि देशको सिमा भारत बाहेक अन्य देशसँग नजोडिएको र चीनसँग भने धेरै देशहरूको सिमा जोडिएको यथार्थले भारतले क्षेत्रीय सहयोगलाई अघि बढाउन आवश्यक परे चीनकै समेत सहयोग लिएर भए पनि आफ्नो भूमिकालाई पुनःपरिभाषित गर्नुपर्ने अवस्था आयो । सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका मनमोहन सिंहले स्थितिलाई सहज बनाउन प्रयास गरेका थिए । तर मोदी सरकारमा आएपछि सार्कका नेताहरूलाई आफ्नो सरकार स्थापनाको पहिलो कार्यक्रममा आमन्त्रण गर्ने बाहेक अन्य केहि गरेका छैनन् । Recommended यसैबीच शाङ्घाई सहयोग संस्था एससीओ झन् झन् फैलिँदै गएको छ । यसले सन् २०१७मा भारत र पाकिस्तानलाई पनि आफ्नो साझेदारीमा समावेश गर्यो । त्यसअघि सन् २०१६मा नेपाललाई संवाद साझेदारको भूमिकामा राखेको थियो । बङ्गलादेशले पनि संवाद साझेदारको हैसियत प्राप्त गर्ने इच्छा देखाएको छ । यो पृष्ठभूमिमा हालै पाकिस्तानका जलवायु परिवर्तन मन्त्री शेरी रेह्मानले एससीओलाई जलवायुमा अगुवा भूमिका खेल्न गरेको आह्वान अझै अर्थपूर्ण बनेको छ । जलवायु परिवर्तनको प्रभाव जलवायु परिवर्तनको सबैभन्दा टड्कारो प्रभाव जलस्रोतमा परेको छ । भारतका मुख्य जलस्रोत साझेदार मुलुकहरू पाकिस्तान, नेपाल र बङ्लादेश सबै एससिओमा आवद्ध छन् । यहाँका सबै अन्तरदेशीय नदीहरू हाल कुनै न कुनै संकटबाट गुज्रिरहेका छन् । सिन्धु नदीबाट जलविद्यूत उत्पादन गर्ने भारतको इच्छा र यस विरुद्ध पाकिस्तानले देखाएको चासोले संसारमै सबैभन्दा सफल मानिएको अन्तरदेशीय जल सम्झौता – सिन्धु जल सम्झौता – लाई संकटमा पारिदिएको छ । नेपालमा पनि महाकाली, कोशी र गण्डकी नदीहरूमा भएका विवादले नेपाल भारत बीचको सम्बन्धमा खटपट ल्याउने गरेको । जलवायु परिवर्तनका कारण बाढी र खडेरीका घटनाहरू बढ्दै जाँदा यस्तो समस्या झनै बढ्ने देखिन्छ । शाङ्घाइ सहयोग सँस्थाले जलवायु परिवर्तनका मुद्दामा काम गर्न थाल्यो भने यसले पक्कै पनि अन्दरदेशीय जल मुद्दाहरूमा सक्रियता बढाउँछ । बङ्लादेशसँग पनि भारतको गंगा नदी जल सम्झौता नामक महत्वपूर्ण जल सम्झौता रहेको छ । यो सम्झौता सन् २०२६मा टुङ्गीँदैछ र यसको पुनरावलोकन कसरी हुन्छ वा हुँदैन भन्ने प्रष्ट छैन । यो सम्झौताको सञ्चालन वर्षभरी नदीमा हुने जलसतहको आधारमा हुने र जलवायु परिवर्तनले नदीको सतह तलमाथि भैरहने भएकाले यसको पुनरावलोकनको विषय झन् झन् चुनौतीपूर्ण बन्दै गएको छ । तीन दशकमा बङ्गलादेशमा चिनिया राष्ट्र प्रमुखको पहिलो भ्रमण हुने गरी सन् २०१६मा चीनका राष्ट्रपति सि जिङ् पिङ्ले ढाका भ्रमण गर्दा ‘हामी एउटै नदीको पानी पिउँछौँ ‘ भनेको विषयलाई महत्वका साथ हेरिएको छ । त्यसको चार वर्षपछि टिष्टाको पानीलाई लिएर भारतले अलमल गरेपछि नदीमा विकास गर्न बङ्गलादेशले चीनको सहयोग माग्यो । शाङ्घाइ सहयोग सँस्थाले जलवायु परिवर्तनका मुद्दामा काम गर्न थाल्यो भने यसले पक्कै पनि अन्दरदेशीय जल मुद्दाहरूमा सक्रियता बढाउँछ । सिन्धु र ब्रम्हपुत्र नदीहरू तिब्बती पठारमा उत्पत्ती हुने भएकाले चीनलाई यसमा विशेष लाभ छ । अहिले सार्कको प्रभावकारिता कम हुँदै जाँदा र बिम्स्टेक वा कुनै पनि क्षेत्रीय संगठनले यो मुद्दा सम्बोधन गर्न नसकेकोले पनि यहाँको नेतृत्व रिक्ततामा चीनले विस्तारै दक्षिण एसियाका देशहरूका जलविद्युतको क्षेत्रमा आफ्नो भूमिका बढाउँदै लानेछ । याे लेख पहिलोपटक वायरमा प्रकाशित लेखको सम्पादित अंश हाे । थप पढ्नुहोस् आलेख मेकंग Pointing out culprits of Mekong’s problems is not our mission: MRC Secretariat CEO विचारहरू जलविद्युत Opinion: India raises the heat on the Indus Waters Treaty आलेख बेल्ट एण्ड रोड रेलमार्ग बनाउन एक कदम अघि बढे नेपाल र चीन आलेख गंगा नदी Interview: What now for the Ganges Treaty? आलेख वन्यजन्तु वन्यजन्तु विभागका प्रमुख भन्छन्, ‘नेपालले बाघ वा गैँडाको व्यावसायिक पालन गर्ने संम्भावनालाई नकार्न सकिंदैन’ आलेख वन्यजन्तु नेपालमा गैँडाको संख्या बढिरहँदा जोखिमको पाटोलाई नजरअन्दाज गरिएको हो ? आलेख जलविद्युत जलविद्युत् परियोजनाका कारण मध्यनेपालका हजारौँ स्थानीयबासी विस्थापनको जोखिममा आलेख वन्यजन्तु अन्तर्वार्ताः डीएनए अध्ययनले नेपालको बाघ संरक्षणमा मद्दत पुर्याउन सक्छ शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय