प्रदुषण चीनका प्रदुषणकारी सिमेन्ट कारखाना ताजिकिस्तान सर्दै चिनिया सिमेन्ट कम्पनीहरु आफ्नो देशमा नाफा कमाउन नसकेपछि बजारको खोजीमा मध्य एशियातिर लागेका छन् । नेपाली नेपाली 中文 English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। A cement factory 25 kilometres north of Tajikistan’s capital, Dushanbe (Image by Prince Roy) Dirk Van Der Kley अगस्ट 9, 2016April 10, 2022 तीन वर्षको बीचमा चिनिया लगानीकर्ताहरुले ताजिकिस्तानको सिमेन्ट उद्योग रुपान्तरण गरिदिएका छन् । चीनमा बजार क्षमताभन्दा बढि उत्पादन भैरहेको अवस्थामा ताजिकिस्तानमा चीनको लगानी रहेका केही औँलामा गन्न सकिने ठुला नयाँ उद्योगहरुले सन् २०१३ देखि २०१५को बीचमा उत्पादन पाँच गुना बढाइदिएका छन् । सिमेन्ट कम्पनीहरुको लागि चीनमा अहिले अप्ठ्यारो समय छ । नाफा घटिरहेको छ । प्रदुषण नियन्त्रण गर्ने नयाँ कानुनहरु लागू भएपछि कम चुस्त र बढि प्रदुषण गर्ने उद्योगहरु कि त बन्द गर्नुपर्छ कि त वातावरण प्रदुषण वापतको क्षतिपूर्ती तिर्नुपर्छ । सिमेन्ट संसारकै सबैभन्दा बढि प्रदुषण गर्ने उद्योगहरु मध्येको एक हो । यो कार्बन डाइअक्साइड र धुँवाको पनि प्रमुख स्रोत हो जसले चीनमा जनस्वास्थ्य संकट निम्त्याएको छ । हाल चिनिया कम्पनीहरु सिमेन्टको मूल्य धेरै भएको तर प्रतिस्पर्धा कम भएको बजारको खोजीमा छन् । यसको लागि ताजिकिस्तान एक उपयुक्त देश हो । तर यहाँको स्थानीय बजार सानो छ, र अहिले नै चिनिया सिमेन्ट उद्योगहरुबीच कडा प्रतिस्पर्धा सुरु भैसकेकोले यहाँ बजार विस्तारको सम्भावना न्यून छ । यसका अलावा, मध्य एशियामा पर्ने यस देशमा भ्रष्टाचारले गर्दा काम गर्न त्यति सजिलो छैन । ताजिकिस्तान पूर्व सोभियत युनियनको सबैभन्दा गरिब राष्ट्र हो । भूपरिवेष्टित यो पहाडी मुलुकको पूर्वी सीमानामा चीन पर्छ र दक्षिणी सीमानामा अफगानिस्तान । सन् १९९१मा सोभियत युनियन टुक्रिएपछि स्वतन्त्र राज्यको रुपमा उभिन यो देशलाई गार्हो पर्यो । जीवनस्तर खस्कियो । सन् २००० सम्ममा प्रति व्यक्ति कूल ग्राहस्थ्य उत्पादन अमेरिकी डलर १३९ मा झरीसकेको थियो । धेरै ताजिकहरु रुसको फस्टाउँदो अर्थतन्त्रमा काम गरि घरमा पैसा पठाउन रुसतिर लागे । फलस्वरुप सन् २००० देखि २०१४को बीचमा ताजिक अर्थतन्त्र वार्षिक ६ प्रतिशत भन्दा बढिले बढ्न थाल्यो । तैपनि सीमित उद्योगहरु मात्र भएकोले देश गरिब नै रह्यो । हाल विप्रेषणबाट आउने आयले कूल ग्राहस्थ्य उत्पादनको ५० प्रतिशतसम्म ओगटेको अनुमान छ । यद्यपि यसको तथ्याङ्कमा एकरुपता पाइँदैन । यसबाहेक कपास र आल्मुनियम निर्यात आम्दानीका मुख्य स्रोत हुन् । ताजिकिस्तानको सिमेन्ट उद्योग सोभियत युनियनको पतन पछि उद्योगहरु बन्द गर्ने क्रममा धरासायी भयो । सन् २०१३मा जम्मा ३०,००० टन सिमेन्ट मात्र देशमा उत्पादन हुन्थ्यो भने पाकिस्तान, इरान र काजिकिस्तानबाट ३० लाख टन आयात हुन्थ्यो । यता चीनमा भने अन्य उद्योग जस्तै बजारमा आवश्यकभन्दा अत्यधिक धेरै सिमेन्ट उत्पादन हुन्थ्यो । सन् २०११ देखि २०१३को बीचमा चीनले झण्डै ६.६ गिगाटन सिमेन्ट उत्पादन गर्यो जुन अमेरिकाले बीसौँ शताब्दीभरमा उत्पादन गरेको कूल परिमाणभन्दा बढि हो । चीनमा बढी भएको सिमेन्ट सिल्करोड हुँदै निर्यात देशमा बढी भएको उत्पादन वा उत्पादन क्षमता बाहिर पठाउन चीन सरकारले व्यवसायीहरुलाई भरपूर सहयोग गर्छ । यसलाई चीनको वान बेल्ट वान रोड (OBOR) पहलको मुख्य अंशको रुपमा लिइएको छ । वान बेल्ट वान रोड (OBOR) पूर्वाधार निर्माण गरि चिनिया लगानीकर्तालाई एशिया र अन्य महादेशका ठुला बजार लक्षित गरि उत्पादन गर्न सघाउने कार्यक्रम हो । मध्य एशिया यस कार्यक्रमको प्राथमिकतामा पर्छ किनभने यहाँबाट स्थलगतमार्ग प्रयोग गरि युरोप र मध्यपूर्वको बजारसम्म पुग्न सकिन्छ । तर ताजिकिस्तानमा भएको चिनिया लगानीमा वान बेल्ट वान रोड (OBOR)को कति प्रभाव पर्यो भन्ने जाँच्न चाहिँ गार्हो छ । एकातिर सी जीनपिङ्ले सेप्टेम्बर २०१३मा काजकास्तानमा OBOR को “बेल्ट” अंश घोषणा गरिसकेपछि थुप्रै औद्योगिक प्रशोधन परियोजनामा सम्झौता भैसकेको छ । तर यी सम्झौताहरु OBOR बिना यसै पनि हुनसक्थे । उता, ताजिकिस्तानमा लगानी गर्ने मुख्य दुई चिनिया कम्पनीले आफूहरु OBORअन्तर्गत भएको बताए पनि आफ्नो काम सन् २०११ मै सुरु गरिसकेका थिए जतिखेर वान बेल्ट वान रोड (OBOR)सुरु भएकै थिएन । ताजिकिस्तानमा सिमेन्ट कारखाना खोल्न थुप्रै चिनिया लगानीकर्ताले सम्झौता गरेपनि थोरैले मात्र त्यहाँ कारखाना खोलिसकेका छन् । हुजिन सबैभन्दा ठुलो कम्पनी हो । यसले सन् २०११मा राजधानी दुशान्बे नजिकै वार्षिक १२ लाख टन क्षमताको कारखाना बनाउने सम्झौता गरेको थियो । यो नै हुजिनको पहिलो विदेशी परियोजना हो । हुजिनले उत्तरी ताजिकिस्तानमा सन् २०१६को मार्च महिनामा वार्षिक १२ लाख टन क्षमताको आफ्नो दोस्रो कारखाना खोल्यो । हुजिनले यसै वर्षको अन्त्यतिर दक्षिणी शहर डाङ्गारामा अलिक सानो कारखाना स्थापना गर्ने तयारी गर्दैछ । अप्रिल २०१५ मा चिनिया नीजि कम्पनी झेजियाङ् र ताजिकिस्तानको ताजिक सिमेन्टको संयुक्त लगानीमा वार्षिक ६ लाख टन क्षमताको कारखाना स्थापना भयो । यो कारखानाले आफ्नो क्षमता १५ लाख टन प्रति वर्षसम्म पुर्याउने बुझिएको छ । सिमेन्ट कारखाना खोल्ने अन्य थुप्रै योजना पनि सार्वजनिक भएका छन् तर कतिले साँच्चै कारखाना खोल्छन् हेर्न बाँकी छ । चिनिया सिमेन्ट कम्पनीले इन्धनको रुपमा प्रायः कोइला प्रयोग गर्छन् । कम्पनीहरुले आफ्नो कारखानामा वातावरण र उर्जा बचाउने अत्याधुनिक प्रविधि प्रयोग गर्ने गरेको बताएका छन्, तर कस्तो प्रविधि भन्ने खुलाएका छैनन् । यी कम्पनीहरुले ताजिकिस्तानमा पहिले देखि रहेका साना सिमेन्ट कारखानाले प्रयोग गर्ने प्रविधिभन्दा सफा प्रविधि प्रयोग गर्छन् भन्नेमा कुनै शङ्का छैन । तर ताजिकिस्तानमा वातावरणीय नियमहरुको कार्यन्वयन फितलो छ र सरकारी पारदर्शिता कम भएकोले स्वतन्त्र अनुगमन गर्न गार्हो छ । नयाँ कारखानाहरुले नाफा कमाइरहेको बुझिन्छ । हुजिनका उपाध्यक्ष तथा नायब महाप्रबन्धक वाङ् जिमिङ्ले एक अन्तर्वार्तामा आफ्नो प्रारम्भिक परियोजना पहिलो वर्षमै नाफामा गएको बताए । ताजिकिस्तानमा सिमेन्टको मूल्य चीनमा वा दक्षिणपूर्वी एशियामा भन्दा निकै बढि रहेको उनले बताए । यसका अलावा, मुख्य चिनिया लगानीकर्ताले ताजिकिस्तानमा कर छुट पाउँछन् । अन्य मध्य एशियाली देशहरुको तुलनामा ताजिकिस्तानमा चिनिया कम्पनीहरुको विरोध कम हुन्छ । किर्गिस्तान र काजकास्तानमा चिनिया कम्पनी र तिनलाई फाइदा पुग्ने भनिएको कानुनको विरोधमा प्रदर्शनहरु हुन थालेका छन् । तर सायद राज्यको बढि नियन्त्रणले होला ताजिकिस्तानमा त्यो अवस्था आएको छैन । चिनिया कम्पनीहरुले धेरै ताजिकहरुलाई रोजगार नदिएको भन्दै चासो वयक्त गरिएको छ । तर आफ्नो पहिलो कारखानाले १,००० स्थानीयहरुको लागि रोजगारी सिर्जना गर्ने हुजिनले बताएको छ । चिनिया औद्योगिक परियोजनाहरुमा विभिन्न पटक भ्रमण गर्दा मैले स्थानीय र चिनिया कामदार सराबर देखेको छु । कति चिनिया कामदार राख्ने र कति ताजिक कामदार राख्ने भन्ने कुरा उद्योग र कम्पनीमा भर पर्छ । तर सामान्यतयाः अदक्ष काममा ताजिकहरु र दक्ष काम तथा इन्जिनियरहरुमा बढी चिनिया पाइने गरेको छ । तर यसमा केही अपवाद भने छन् । लिङ्क्डइनमा हुवाइ ताजिकिस्तान सर्च गर्ने हो भने थुप्रै ताजिक नागरिकहरु वरिष्ठ इन्जिनियरिङ् र व्यवस्थापन ओहदामा काम गरेको पाइन्छ । त्यसैगरि, ताजिकिस्तानमा अदक्ष चिनिया मजदुर पनि कार्यरत छन् । ताजिकिस्तानमा सिमेन्ट उद्योगको भविष्य रसियाबाट पठाइने विप्रेषण (रेमिटेन्स्) ले ताजिकिस्तानको निर्माण उद्योग फस्टाउँदो छ र भ्रष्टाचारले यसलाई अझै सघाउ पुर्याएको छ । ताजिकिस्तानको निर्माण उद्योग फस्टाए पनि नफस्टाए पनि हुजिन वा अन्य ठुला चिनिया कम्पनीको लागि बजार पुग्दैन । यसको एउटा समाधान भनेको चिनिया कम्पनीहरुले मध्य एशियाका अन्य देशहरुमा निर्यात गर्ने हो । ताजिकिस्तानमा सिमेन्ट उत्पादन गर्ने चिनिया कम्पनीहरुले अफ्गानिस्तान, किर्गिस्तान र उज्बेकिस्तानमा निर्यातको परिक्षण गरिसकेका छन् । ताजिकिस्तान सरकार सन् २०२० सम्ममा एक प्रमुख सिमेन्ट निर्यातकर्ता बन्न चाहन्छ । तर यहाँ केही समस्याहरु छन् । चिनिया कम्पनीहरुले यस क्षेत्रभर कारखाना निर्माण गर्ने बताएका छन् । यसले ठुलो प्रतिस्पर्धा हुनसक्छ । हुजिनका वाङ जिमिङले ताजिकिस्तानमा चिनिया कम्पनीहरु बीच अत्याधिक प्रतिस्पर्धा गर्न नहुने बताइसकेका छन् । अर्को कुरा भ्रष्टाचारले चिनिया लगानीकर्ताहरुलाई निरुत्साहित गर्छ । ताजिकिस्तानका चिनिया लगानीकर्ताहरुसँग अन्तर्वार्ता लिँदा उनीहरुले आफ्नो दैनिक व्यवसायिक कार्यमा धेरै ठाउँमा भ्रष्टाचार खेप्नुपरेको बताए । त्यसमाथि कम्पनी सञ्चालन गर्ने हो भने ताजिकिस्तानका सरकारी अधिकारीहरुलाई ठाउँ ठाउँमा खुशी बनाउनुपर्छ नत्र बजारमा टिकिँदैन । चिनिया लगानीकर्ता शाङ्फेङ् सिमेन्टले ताजिक सरकारबाट सही कागजपत्र नपाएपछि स्थानीय साझेदारसँग गर्ने भनिएको सिमेन्ट परियोजना रद्द गर्नुपरेको बतायो । अन्त्यमा, आर्थिक अस्थिरता पनि समस्या हो । हालैका वर्षहरुमा रसियाबाट पठाइने रेमिटेन्स मध्य एसियाका सबै देशहरुमा घटेको छ । यसले यस क्षेत्रमा सिमेन्टको माग घटाउन सक्छ । यसले गर्दा ताजिक मुद्राको विनिमय दरमा पनि ठुलो उतारचढाव आएको छ । हुजिनका अनुसार यसले कम्पनीको नाफामा नकारात्मक असर पारेको छ । यसको अर्थ हो, ताजिकिस्तानको सिमेन्ट उद्योगमा नाफा कमाएर जति कम्पनी टिक्न सक्छन् त्यति स्थापित भैसकेका छन् । सिमेन्ट व्यवसायबाट ताजिकिस्तानमा हुने अल्पकालिन फाइदा प्रष्ट छन् र यसमै केही सिमेन्ट कम्पनीहरु फस्टाइरहेका छन् । तर यो बजार चाँडै नै सुक्न सक्छ र यहाँ स्थापित सिमेन्ट कारखानाहरु खण्डहरमा परिणत हुनसक्छन् । यो लेख पहिलो चोटि chinadialogue.net मा प्रकाशित भएको थियो । थप पढ्नुहोस् आलेख जैविक विविधता गङ्गा नदीका जलचर संकटमा आलेख संकटापन्न प्रजाती चीनको नयाँ वन्यजन्तु ऐनले बाघ संरक्षणमा थप चुनौती आलेख नदीवेसीन बस्ती छेउको नदी – कहिले मित्रु, कहिले शत्रुः कोशी बेसिन भाग ४ आलेख नदीवेसीन जलविद्युतबाट डलर कमाउने सपनाः कोशी बेसिन भाग ३ आलेख नदीवेसीन उर्लँदो नदी, काकाकुल जनताः कोशी बेसिन भाग २ आलेख नदीवेसीन उच्च हिमाली क्षेत्रका जोखिमः कोशी बेसिन भाग १ आलेख जलवायु प्रभाव गङ्गा नदीको स्रोत सुक्दै आलेख नवीकरणीय ऊर्जा हिमालय क्षेत्रभर जलविद्युतमा तीव्र वृद्भि शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय