प्राध्यापक कोलिन्स ओडोटे केन्याको उच्च अदालतका अधिवक्ता हुन् । उनले नैरोबी विश्वविद्यालयबाट कानूनमा विद्यावारिधी गरेका छन् । हाल उनी नैरोबी विश्वविद्यालयको कानून संकायमा सह प्राध्यापक र र सहायक डीन छन्, र सेन्टर फर अड्भाण्डस्ड स्टडिज् ईन ईन्भाइरन्मेन्टल ल एण्ड पोलिसी (केसीएएलएपी)मा अनुसन्धान निर्देशक छन्। उनी एसोसियशन अफ ईन्भाइरन्मेन्टल ल लेक्चर्स् ईन अफ्रिका (एसेलाउ)को अध्यक्ष हुन्, र पर्यावरण कानूनको अन्तर्राष्ट्रिय परिषदको सदस्य पनि हुन । उनी सम्पत्ति र भूमि उपयोग कानून, पर्यावरण कानून, दिगो विकास र सुशासन सम्बन्धी शिक्षण र अनुसन्धानमा रुची राख्छन् । कोलिन्स चार्टर्ड इन्स्टिच्युट अफ आर्बिट्रेटर्सका फेलो तथा नागरिक शिक्षामा केन्याको प्रमुख परोपकारी संस्था उरियाका उपाध्यक्ष हुन् । उनी केन्याको एक प्रमुख दैनिक अखबारका लागि वातावरण र प्रशासनका मुद्दाहरूमा साप्ताहिक स्तम्भकार पनि हुन्।